Techie IT
२०८१ जेठ ३२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस


काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।

७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा मे २९ को दिनलाई सगरमाथा दिवसको रुपमा मनाईने गरिन्छ ।

यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरेर सगरमाथा दिवस मनाउँदै छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रूपमै दिवसका रूपमा मनाउन निर्णय गरेको थियो ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसपछि सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो समय विदेशी र नेपाली पर्वतारोहीको आकर्षण बढ्दै गएको छ । पर्यटन विभागले यो वर्ष वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१ आरोही समूहका ७५ महिला र ३ सय ३९ पुरुष गरी ४ सय १४ जनाले अनुमति लिएको जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेश र भुटानका विमान कम्पनीले पोखरा उडानको अनुमति मागे

काठमाडौँ । बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानको प्रस्ताव गरेका छन् । अन्तर्राष्ट्रिय उडान हुन नसकेको नवनिर्मित पोखरा

तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त

काठमाडौँ । नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र

राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै

सोमबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले भेटवार्ता गरेका गरेका छन्। राजदूत हास्मीले

क्रसर व्यवसायीका माग सम्बोधन गर्न सरकारलाई महासंघको ध्यानाकर्षण

काठमाडौँ । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरुका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग

Techie IT