Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालअवरुद्ध नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी संचालन

अवरुद्ध नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी संचालन


काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए । दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड बुधबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैं सास्ती खेप्दै आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ । विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका

चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट

चितवन । चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट भएको छ । कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा

पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका घरटहरा हटाउने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा

कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश

राष्ट्रपति पौडेल जर्मनीमा

बर्लिन । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । आज बस्ने बैठकमा

Techie IT