Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालविश्वमा मृत्युदण्डको सजाय बढ्यो: एम्नेष्टी इन्टरनेशनल

विश्वमा मृत्युदण्डको सजाय बढ्यो: एम्नेष्टी इन्टरनेशनल


काठमाडौँ । विश्वमा मृत्युदण्डको सजायमा अस्वभाविक बृद्धी देखिएको छ । सन् २०२३ मा विश्वभर ११ सय ५३ जनालाई मृत्युदण्ड दिइएको एम्नेष्टी इन्टरनेशनलको तथ्यांक छ ।

अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चीन र मध्यपूर्वका देशहरुमा मृत्युदण्डको सजाय बढिरहेको छ । अघिल्लो वर्ष मृत्युदण्ड दिइएको भनिएका ११ सय ५३ जनामा चीनमा मृत्युदण्ड दिइएकाको विवरण समावेश छैन । चीनमा मात्रै हजारौंलाई मृत्युदण्ड दिएको हुनसक्ने आशंका छ ।

सन् २०२३ मा विश्वमा मृत्युदण्डको सजाय अघिल्लो वर्षको भन्दा २० प्रतिशतले बढेको छ । सन् २०२३ मा सबैभन्दा बढी मृत्युदण्ड दिने देशहरुमा चीन, इरान, साउदी अरेबिया, सोमालिया र अमेरिका छन् । मृत्युदण्डको कुल संख्याको ७४ प्रतिशत इरानमा दिइएको छ । मृत्युदण्डको सजाय साउदी अरेबियामा १५ प्रतिशत छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराईलाई ६ वर्ष कैद…

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको सजाय निर्धारण भएको छ

सिरहा प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी मृत अवस्थामा फेला

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

काठमाडौँ । अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैनः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । बिहीबार

टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको छः मन्त्री शर्मा

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गर्ने कन्सलटेन्सी संचालकहरू पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्यक्तिहरूबाट २ करोड ५०

Techie IT