Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


काठमाडौँ । सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको ट्राफिक प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिरहा प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी मृत अवस्थामा फेला

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

काठमाडौँ । अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय

मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैनः माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । बिहीबार

टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको छः मन्त्री शर्मा

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गर्ने कन्सलटेन्सी संचालकहरू पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्यक्तिहरूबाट २ करोड ५०

सामुदायिक विद्यालयको सटर बन्द नगर्न काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम…

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ । बुधबार

Techie IT