Techie IT
२०८१ जेठ ३२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ


काठमाडौँ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई भारतीय सीमा छेउबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लामालाई काठमाडौँ ल्याउँदै गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । हाल पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत रहेका उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ ।

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकोमध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४० करोड छ ।

सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठूलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा लगानी गरेको पाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेश र भुटानका विमान कम्पनीले पोखरा उडानको अनुमति मागे

काठमाडौँ । बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानको प्रस्ताव गरेका छन् । अन्तर्राष्ट्रिय उडान हुन नसकेको नवनिर्मित पोखरा

तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त

काठमाडौँ । नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र

राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै

सोमबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले भेटवार्ता गरेका गरेका छन्। राजदूत हास्मीले

क्रसर व्यवसायीका माग सम्बोधन गर्न सरकारलाई महासंघको ध्यानाकर्षण

काठमाडौँ । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरुका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग

Techie IT