Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्रधानमन्त्रीले अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गर्ने

प्रधानमन्त्रीले अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गर्ने


काठमाडौँ । सङ्खुवासभामा निर्माणाधिन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट २ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रु गर्ने भएका छन् ।

ब्रेक थ्रु कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड मङ्गलबार बिहान ९ बजे अरुण तेस्रोको आम्राङस्थित अडिट २ आइपुग्नुहुने कार्यक्रम रहेको छ । सोही स्थानमा आयोजित कार्यक्रममा ११.८३ किलोमिटर लम्बाई रहेको अरुण तेस्रोको मुख्य सुरुङमा विस्फोट गरी छिचोलिने कार्यक्रम रहेको छ ।

आम्राङमा ब्रेकथ्रु पश्चात् प्रधानमन्त्री हेलिकोप्टरबाट नै चिचिला गाउँपालिका ३ स्थित पुखुवा दोभानको विद्युत गृह निर्माण क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । उनले निर्माणाधिन विद्युत गृहको अवलोकन पश्चात् औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । कार्यक्रमपछि दिउँसो १ बजे पुखुवाबाट काठमाडौँ फर्किनेछन् ।

अरुण तेस्रो जलविद्युत परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । यस परियोजनाको मकालु गाउँपालिका ५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भइरहेको छ । उक्त बाँधबाट ११.८३ किलोमिटर लामो सुरुङ मार्गबाट पानी ल्याई चिचिला गाउँपालिका ३ स्थीत पुखुवाको विद्युत गृहबाट विद्युत उत्पादन गरिनेछ ।

एक खर्ब चार अर्ब लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्नेछ । आयोजनाबाट स्थानीय प्रभावितहरुले एक अर्ब ६० करोड रुपियाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत विकास सम्झौतामा उल्लेख गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

Techie IT