Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालगोदावरीका मेयर महर्जनसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

गोदावरीका मेयर महर्जनसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौँ । दोस्रो कार्यकाल ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख भएका गजेन्द्र महर्जनसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विशेष अदालत काठमाडौँमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महर्जनले चार आर्थिक वर्षमा नदीजन्य पर्दाथको निकासीमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

२०७४ सालमा पहिलोपटक कांग्रेसबाट निर्वाचित भएका महर्जन दोस्रोपटक २०७९ को चुनावमा पनि निर्वाचित भएका थिए। उनले आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ गरी चार आर्थिक वर्षमा खानी तथा नदीजन्य पदार्थहरु ढुङ्गा, गिट्टी, बालुवा, बेस, चिप्स निकासमा बागमति प्रदेशले निर्धारण गरेको न्युनतम मूल्यभन्दा कममा ठेक्का लगाइ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरी घिमिरेका अनुसार मेयर महर्जनले नदिजन्य पदार्थको बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गर्दा नेपालको संविधान, संघीय ऐन, बागमति प्रदेश ऐन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानूनलाई बेवास्ता गरेको दाबी गरे।

बागमती प्रदेश (तत्कालीन प्रदेश नं.३) को प्रदेश आर्थिक ऐन, २०७७ ले निर्धारण गरेको राजस्व दर प्रति घनफिट ९ भन्दा घटी २.७५ मात्र राजस्व दर निर्धारण गराइ ठेक्का सम्झौता गरेका थिए।

नसबाट प्रतिघन फिट राज्यलाई ६.२५ रुपैयाँ घाटा हुन पुगेको दाबी अख्तियारले गरेको छ।

जसअनुसार आर्थिक वर्ष २०७५/७६ मा राज्यलाई १७ करोड २८ लाख ९० हजार, २०७६/७७ मा २१ करोड २१ लाख, ७९ हजार घाटा भएको छ। त्यस्तै २०७७/७८ मा १८ करोड ६३ लाख २१ हजार र २०७८/७९ मा २० करोड ४९ लाख, ५३ हजार राज्यलाई घाटा पुगेको आयोगका दाबी छ।

आयोगले प्रमुख महर्जनसहित तत्कालीन नगर उपप्रमुख मुना अधिकारी, तत्कालीन प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समिति सदस्य सचिव श्रीराम आचार्य, कर्मा कन्सट्रक्सन, त्यसका सञ्चालक रवि महर्जन रहेका छन्।

आयोगले ठेक्का लिने निराकार ढुंगा रोडा उद्योग, त्यसका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टिप्रपोज प्राजिलका सञ्चालक केदारनाथ तिमिल्सेना, सजिलो रोडा ढुंगा उद्योग र त्यसका सञ्चालक शशिराजज शाही, वीरेन्द्र महर्जन ढुंगा प्रालि र त्यसका सञ्चालक वीरेन्द्र महर्जनलाई पनि विपक्षी बनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT