Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै


काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक १.१५ बजे बस्नेछ ।

प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।

सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०६४ सालको संविधान सभामा ताप्लेजुङ्ग निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित र २०७० सालमा समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधान सभा सदस्यमा निर्वाचित सदस्य, पूर्वश्रम तथा रोजगार र स्थानीय विकासमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरेका सूर्यमान गुरुङको ८२ वर्षको उमेरमा मिति २०८१ साल वैशाख २५ गते मंगलवार उपचारको क्रममा असामयिक भएको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नेछन् ।

नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सदस्य तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका शैयद मेहराज अहमद शाहको ८५ वर्षको उमेरमा मिति २०८१ साल वैशाख २५ गते मंगलवार उपचारको क्रममा असामयिक निधन भएकोमा निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने कार्यसूची छ ।

वि.सं. २०५८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका साथै नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरेका खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा मिति २०८१ साल जेठ १ गते मंगलवार असामयिक निधन भएकोमा निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै १.१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT