Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक बस्दै

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको पहिलो बैठक बस्दै


काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दै छ ।

समितिको बैठक आज दिउँसो २ बजे प्रतिनिधि सभाको बैठकलगत्तै सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बस्न लागेको संसद सचिवालयले जानकारी दिएको छ ।

गत जेठ १५ गते प्रतिनिधि सभाको बैठकबाट एमाले सांसद सूर्य थापाको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो ।

समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ एमालेबाट सूर्य थापा र सरिता भुसाल, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिको कार्यावधि ३ महिना तोकिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फणीन्द्र देवकोटाको सांसद पद तत्काललाई जोगियो

काठमाडौँ । नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको

भारत र नेपालका पत्रकार ‘इन्डो–कर्नाली पर्यटन’को कोसेढुंगो बनाउने लक्ष्यसहित रारामा

काठमाडाैँ । भारतका ९ जना र नेपालका १५ जना पत्रकारसहितको टोलीले रारातालको अवलोकन भ्रमण गरेर फर्किएको छ । नेपाल फोटो

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा

मेलम्ची खानेपानी आजदेखि बन्द

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची

Techie IT