Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुख, पोल, मठमन्दिर, पार्कजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीकाे प्रयाेग हटाउन सिफारिश

रुख, पोल, मठमन्दिर, पार्कजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीकाे प्रयाेग हटाउन सिफारिश


काठमाडाैँ । सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेस्टुरेन्ट, क्लबजस्ता व्यावसायिक ठाउँमा राखिएका रङ्गीचङ्गी बत्ती हटाउन ‘शहरी वन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन कार्यदलले सुझाव दिएको छ ।

शहरी योजना आयोगका सदस्य सरस्वती मानन्धरको संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले आज काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोललाई प्रतिवेदन बुझाउँदै सिफारिशका विषयमा जानकारी गराएको हो ।

गएको वैशाख २५ गते बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र शहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । समितिले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दूप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गी विज्ञ सन्देश गुरुङसहितको टोलीमा सहभागी गराएको थियो ।

प्रतिवेदन बुझिसकेपछि महानगरकी उपमेयर डङ्गोलले शहरमा झिलिमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको भन्दै प्रतिवेदनको थप अध्ययन गरेर निर्णय गर्ने बताउनुभयो ।

अध्ययन समितिलाई सजावटका लागि रुख, बिरुवासहितका संरचनामा बेरिएका बत्तीको गुणस्तर र प्रकृति, गाडी आउजाउमा यस्ता बत्तीले पार्ने असर, मानिसको आँखामा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्यक्षेत्र दिइएको थियो । अध्ययनले ७ बुँदामा सुझाव दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT