Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसद् बैठक सूचना टाँसेर दुई दिन स्थगित

संसद् बैठक सूचना टाँसेर दुई दिन स्थगित


काठमाडौँ । प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।

सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा

मेलम्ची खानेपानी आजदेखि बन्द

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची

चीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौँमा

काठमाडौँ । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार बिहान काठमाडौँ आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक परामर्श

पेस्तोलसहित रौतहटबाट एक भारतीय पक्राउ

काठमाडौँ । रौतहटमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । गौर नगरपालिका–२ महादेवपट्टीस्थित सीमा इलाकाबाट सोमबार बिहान सशस्त्र प्रहरीले

निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा

काठमाडौँ । सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को

निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवीलाई

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव लीलादेवी गतडौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता

Techie IT