Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालविदेश पठाउने भन्दै १५ करोड ठग्ने गिरोह पक्राउ

विदेश पठाउने भन्दै १५ करोड ठग्ने गिरोह पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन बिक र पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त छन् ।

उनीहरूले केही वर्षदेखि ३०० भन्दा बढीलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार उनीहरूले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा पठाई दिन्छु भन्दै तीन सय जन भन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरेका हुन् ।

पक्राउ परेका दुवै जनाले फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी त्यसको सम्पर्कमा आउने व्यक्तिलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए ।

उक्त जम्मा भएको रकम चेकमार्फत निकाल्न लगाएर उनीहरूले भने बमोजिमका व्यक्तिलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खातामा कारोबार गराएर ठगी गर्दै आएका थिए ।

यति मात्रै नभएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा नवीन चौधरी समेत १५ जनाको निवेदन तथा जाहेरी दर्खास्त परेको थियो भने विकास राणा समेतको जाहेरीमा वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकेर अहिले कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजुकुमार बस्नेतले पनि ठगी सम्बन्धी कसुरमा जाहेरी गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिवम् सिमेन्टका ३१ डिलरलाई अवार्ड

काठमाडौँ । शिवम् सिमेन्टस्ले आयोजना गरेको ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा ३१ डिलरले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् ।

कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ

काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । काठमाडौँ

भरतपुर महानगरले दियो ४ हजार ५ सय २४ जनालाई निःशुल्क…

काठमाडौँ । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा चार हजार पाँच सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा

प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक- २०८१’ प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रस्तुत भएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले बैठकमा केही

भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा कडाइ

काठमाडौँ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट

कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम पक्राउ

काठमाडौँ । ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ

Techie IT