Techie IT
२०८१ कात्तिक १०, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुसी सेनामा भर्ती भएका रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु

रुसी सेनामा भर्ती भएका रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु


काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ । रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । यो सँगै रुस युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २५ पुगेको छ ।

परराष्ट्र मन्त्रालय श्रोतका अनुसार रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भइ युक्रेनसँगको युद्धका क्रममा युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको छ । यसरी कब्जामा रहेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछाने छन् ।

नेपाल सरकारले लगातार प्रयास गरिरहेको भएपनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्याङक रुसी सरकारले नेपाललाई दिएको छैन ।

नेपाल सरकारले रुसी सरकारलाई पटकपटक गरेको आग्रह र पत्राचारका बाबजुद पनि रुसी विदेश मन्त्रालयले उक्त विषय रक्षा मन्त्रालयको भएको उल्लेख गर्दै नेपाललाई जवाफ दिन आनाकानी गरेको हो । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रुपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । यसैबीच रुस मामिलामा भइरहेको घट्ना र अहिले उत्पन्न संकटका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा गठन भएको एक उच्च स्तरीय कार्यदलले काम गरिरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनआरएनएले कात्तिक ११ र १२ गते ग्लोबल कन्क्लेभ आयोजना गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक ११ र १२ गते काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ ।

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज शुक्रबार निधन भएको छ । उनको ९१ वर्षको

उपचुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण

काठमाडाैँ ।  आउँदो मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको

अधिकार सम्पन्न भूमि आयोग गठन हुन्छ: मन्त्री अधिकारी

सङ्खुवासभा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् । जिल्ला

माइक्रोबस दुर्घटना हुँदा एउटै परिवारका ११ जना घाइते

धादिङ । काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । पारिवारिक भ्रमणमा

सिँचाइमन्त्री दीपक खड्का सरसफाइ अभियानमा सहभागी

काठमाडौं । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णयब अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का

Techie IT