Techie IT
२०८२ कात्तिक ११, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालशिवम् सिमेन्टका ३१ डिलरलाई अवार्ड

शिवम् सिमेन्टका ३१ डिलरलाई अवार्ड


काठमाडौँ । शिवम् सिमेन्टस्ले आयोजना गरेको ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा ३१ डिलरले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् । कम्पनीले ‘शिवम् कीर्ति समारोह २०८१’ आयोजना गरी ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा उत्कृष्ट डिलरहरूलाई अवार्ड दिइएको हो ।

रिजनलअन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको थियो । नेसनलअन्तर्गत त्रिनेत्र, सदाबहार र कल्पवृक्ष अवार्ड दिइयो । उत्कृष्टमध्येका सर्वोत्कृष्ट चार डिलरलाई शिवम् डायमन्ड, शिवम् गोल्ड, शिवम् सिल्भर र चेयरम्यान अवार्डबाट सम्मान गरिएको थियो ।

शिवम् नेसनल डायमन्ड अवार्ड ललितपुरस्थित सुपरस्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेसनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोपाइटर सुनीलकुमार सिंह र शिवम् नेसनल सिल्भर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जिते ।

शिवम् सिमेन्टका सर्वोत्कृष्ट विक्रेताअन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जिते ।

कार्यक्रममा कम्पनीका उपाध्यक्ष निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड–१९, आर्थिक मन्दीजस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरले देखाएको धैर्यता र ऐक्यबद्धतालाई आधार मानेर उक्त शीर्षकमा कार्यक्रम आयोजना गरिएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT