Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालकालिका मन्दिरमा जेठमा १८ लाख भेटी संकलन

कालिका मन्दिरमा जेठमा १८ लाख भेटी संकलन


गलकोट (बागलुङ) । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा रु. १८ लाख भेटी संकलन भएको छ ।

कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु.१८ लाख २६ हजार भेटी संकलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु.५८ लाख २४ हजार संकलन गरेको थियो ।

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी रु. १० लाख २१ हजार खर्च भएर रु. आठ लाख पाँच हजार बचत भएको बताए । खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका-१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको उनले जानकारी दिए। उनले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ ।

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी रु. ११ लाख ९६ हजार दुई सय ६५, सटर भाडाबाट रु तीन लाख छ हजार चार सय, आर्थिक सहयोग बापत रु. ५६ हजार छ सय ८३, परेवा बिक्रीबाट रु. दुई लाख ४० हजार सात सय ५०, चामल बिक्रीबाट रु. नौ हजार, बोकाको टाउको बिक्रीबाट रु. ११ हजार नौ सय, कुखुरा बलिबाट रु. नौ सय, राँगा बलिबाट रु. तीन हजार छ सय, विवाहबाट रु. एक हजार र पण्डितबाट रु. चार सय आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

जेठमा कर्मचारीको तलबभत्तामा रु. चार लाख ३४ हजार, विद्युत्मा रु. २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा रु. ४६ हजार, उपहार रु. नौ हजार, पूर्वाधारतर्फ रु. दुई लाख ३६ हजार, पूजा खर्च रु. ५५ हजार, जग्गा व्यवस्थापन रु. एक लाख ५० हजार, खाद्य तथा आवास रु. ५७ हजार र विज्ञापनमा रु. पाँच हजार खर्च भएको अध्यक्ष खड्काले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT