Techie IT
२०८२ कात्तिक १०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाल७२ जिल्लामा डेङ्गी फैलियो

७२ जिल्लामा डेङ्गी फैलियो


काठमाडौँ । देशका ७२ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार पछिल्लो ६ महिनामा सङ्क्रमितको सङ्ख्या १२ सय नाघेको छ ।

हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

बाग्मतीमा ४ सय २८, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेशमा ३४ र कर्णालीमा १८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा धेरै सङ्क्रमित काठमाडौँमा भेटिएका छन् । काठमाडौँमा १४१, झापामा ११२, चितवनमा ७५, मकवानपुरमा ५९ र डोटीमा ४७ जनामा सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।

त्यस्तै तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४१, रूपन्देहीमा २८ र भक्तपुरमा २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । डेङ्गी सङ्क्रमण देखिएका बिरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिंगटा लाग्ने, वाकवाकी र वान्ता हुने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छन् ।

यस्ता लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिन र उनीहरूले भनेअनुसार मात्रै औषधि खान विज्ञले सुझाव दिएका छन् । मनसुन सक्रिय भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने हुँदा नियन्त्रणका लागि सक्रियता देखाउन विज्ञहरुले सरकार र सम्बन्धित पक्षलाई सुझाव दिँदै आएका छन् ।

डेङ्गी सार्ने एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्छ । यो लामखुट्टेले जमेको थोरै पानीमा पनि फुल पार्ने भएकाले सरसफाईमा र पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट बच्न विज्ञको सुझाव छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT