Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसांसदहरूका प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री

सांसदहरूका प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री


काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक सुरू भएको छ ।

निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरू भएको हो । बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब ३५ मिनेट ढिला बैठक सुरू भएको थियो ।

संसद सचिवालयका कर्मचारीहरूले अतिरिक्त समयको सेवा सुविधा माग गर्दै गत जेठ २१ गतेदेखि ११ बुँदे माग राखेर आन्दोलन गरेका कारण संसदका बैठक पनि प्रभावित हुने गरेका छन् ।

बैठकको सुरूमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहेका छन् । बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरूले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जबाफ दिने कार्यक्रम पनि छ ।

उनले आफ्नो भारत भ्रमणको बारेमा संसदलाई जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा गएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण बारे विहिबार संसदलाई जानकारी गराएका हुन् ।

उनले विविध कारणले यस अघि संसदलाई जानकारी गराउन नसकेको बताउदै भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी, क्याबिनेट मन्त्री एस जयशंकर, भारतीय उद्योग वाणिज्य महांसघका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको जानकारी गराएका हुन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनीको भ्रमण बारे पनि संसदलाई जानकारी गराएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT