Techie IT
२०८१ असार २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालचीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौँमा

चीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौँमा


काठमाडौँ । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार बिहान काठमाडौँ आइपुगेका छन् ।

उनी नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँ आएका हुन् ।

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मंगलबार काठमाडौँमा हुँदै छ । बैठकमा नेपाल–चीन सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वासको मत फेलभएसँगै १९ महिनापछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको आफूप्रतिको विश्वासको मत असफल भएसँगै प्रधानमन्त्री पदबाट मुक्त भएका छन्

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

हाइप्रोफाइलहरूको फाइल खोल्दा सरकार ढलेको गृहमन्त्रीको दाबी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् ।

२४ घण्टामा पहिरोमा परी १५ जनाको मृत्यु

काठमाडौँ । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज

संविधान छुनै नहुने विषय होइनः रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान छुनै नहुने विषय नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

Techie IT