गृहपृष्ठ ∕ नेपाल ∕ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबीराजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबी नेपालीपत्र मंगलबार, २०८१ असार ११ गते, १३:३६ मा प्रकाशित नेपाल काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हालै गरेको आठ देशका लागि नेपाली राजदूतको सिफारिस मेरिटको आधारमा गरेको दाबी गरेका छन् ।परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजदूतमा सिफारिस गरिएकाहरू कुनै पार्टी विशेषको भागबण्डाका आधारमा नगरिएको समेत जनाए । ‘अहिले योग्य मान्छे दिनपर्यो भनेको हो । कति मेरिटमा परे परेनन् त्यो थाहा होला । कति म्यानपावरसँग जोडिएका छन् भन्ने प्रश्न उठेको छ, यो प्रश्नका विषयमा गम्भीर छलफल गरेर नियुक्ति सच्याइन्छ । मेरिटको आधारमा यो अगाडि बढोस् भन्ने चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।राजदूत सिफारिस गर्दा ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिक नियुक्तिका आधारमा गरिँदै आएको उनले बताए । सत्ता र बाहिरका दलहरूले भागबण्डाको आधारमा राजदूत सिफारिस गरेको भन्ने आरोप लगाउँदा आफूलाई नमिठो लागेको उनले सुनाए । #प्रचण्ड #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति २ भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण ३ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ सुनचाँदीको मूल्य बढ्योThe Film Nepal