गृहपृष्ठ ∕ नेपाल ∕ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबीराजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबी नेपालीपत्र मंगलबार, २०८१ असार ११ गते, १३:३६ मा प्रकाशित नेपाल काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हालै गरेको आठ देशका लागि नेपाली राजदूतको सिफारिस मेरिटको आधारमा गरेको दाबी गरेका छन् ।परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजदूतमा सिफारिस गरिएकाहरू कुनै पार्टी विशेषको भागबण्डाका आधारमा नगरिएको समेत जनाए । ‘अहिले योग्य मान्छे दिनपर्यो भनेको हो । कति मेरिटमा परे परेनन् त्यो थाहा होला । कति म्यानपावरसँग जोडिएका छन् भन्ने प्रश्न उठेको छ, यो प्रश्नका विषयमा गम्भीर छलफल गरेर नियुक्ति सच्याइन्छ । मेरिटको आधारमा यो अगाडि बढोस् भन्ने चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।राजदूत सिफारिस गर्दा ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिक नियुक्तिका आधारमा गरिँदै आएको उनले बताए । सत्ता र बाहिरका दलहरूले भागबण्डाको आधारमा राजदूत सिफारिस गरेको भन्ने आरोप लगाउँदा आफूलाई नमिठो लागेको उनले सुनाए । #प्रचण्ड #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदैधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्योः पूर्वप्रधानमन्त्री डा भट्टराई ५ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ६ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ७ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यानThe Film Nepal