Techie IT
२०८१ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थराष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित


काठमाडौँ । राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटलाई प्रतिनिधि सभाले यही असार ११ गते पारित गरेको थियो ।

बजेट पारित हुनुअघि अर्थमन्त्री वर्षमान पुनले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेर बजेट आएको बताए । राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेटले पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गर्ने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सभाले अर्थमन्त्री पुनले प्रस्तुत गरेका बजेट आश्रित तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकारले भन्याे– ‘बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्’

काठमाडाैँ । सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेकाे जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना निकालेर अहिलेसम्म सम्बन्धित

राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका

अमेरिकी दूतावाससँग जोडेर आएका समाचारबारे उपसभामुख रानाको ध्यानाकर्षण

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. शाक्य

काठमाडौँ । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. किरण शाक्य नियुक्त भएका छन् । अस्पतालको सञ्चालक समिति बैठकले

बाग्मतीमा राप्रपाले सरकारलाई विश्वासको मत नदिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार

Techie IT