Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाढीले कैलालीको जनजीवन प्रभावित

बाढीले कैलालीको जनजीवन प्रभावित


कैलाली । लगातारकाे वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । कैलालीको भजनीमा आइतवार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ ।

स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन् । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्चा र वस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नम्बर–८ का सबै घर डुबानमा परेका छन् ।

‘निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्’, उनले भने, ‘कतिपय आफन्तकोमा बसिरहेका छन् ।’ बाढीका कारण विशेषगरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन् ।

टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ वटा घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिए । ‘बाढी पसेपछि टीकापुरका जोखिममा रहेका केही परिवारलाई जेसिज हल र केहीलाई उच्च घरमा राखिएको छ’, उनले भन्नुभयो, ‘वडा वडामा रहेका विपद् व्यवस्थापन समिति र पालिकाले तालिम दिएका स्वयंसेवक खोज तथा उद्धारका लागि समुदायमा परिचालन गरेका छौँ ।’ कर्णाली नदीमा पानीको सहत बढेमा टीकापुरका वडा नम्बर २, ५, ७ र ८ डुबानको जोखिममा पर्दछन् ।

त्यस्तै जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ । भित्तरीयामा काडा नदीको पानी पसेर डुबान भएको जोशीपुर गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले बताए ।

जानकीका धेरैजसाे वडा जलमग्न भएका छन् भने केही घरपरिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले वडा नम्बर ४ र ७ का धेरै बस्ती डुबानमा परेका बताए । ‘वडा नम्बर ४ को गिरधरपुरमा ११ परिवार बसेका छन् । वडा नम्बर ७ को फरेलामा १५ परिवार बसेका छन्’, जैसीले भन्नुभयो, ‘जवलपुरमा पनि दुई घरका परिवारलाई उच्च घरमा सारेका छौँ । जानकीका दर्जनौँ बस्ती जलमग्न छन् ।’

बस्तीमा बाढी पस्न थालेपछि यस क्षेत्रका पालिकाहरूले नाला सरसफाइजस्ता कार्यमा तीव्रता दिएका छन् । जमेका ढल खोल्ने, डुबान क्षेत्रमा पानीको निकास गर्नेलगायतका कार्यमा खटेका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएका र क्षति न्यूनीकरण गर्ने गरी टिम परिचालन गर्न निर्देशन दिएकाे बताए ।

‘सङ्कटासन्न क्षेत्र पहिचान गरेर ती ठाउँमा सुरक्षाकर्मी र उद्धार टोली तयारी अवस्थामा खटाएका छौँ’, उनले भने, ‘विपद्‍मा एकअर्कामा सहकार्य गर्न सघाउन पालिकालाई पनि निर्देशन दिएका छौँ । विषयगत शाखालाई तयारीमा राखेका छौँ । सबैसँग समन्वय भइरहेको छ ।’

आइतवार राति १२ बजे कर्णाली नदीमा बाढीको तह १० दशमलव ५ पुगेको थियो । अहिले बिहान ६ बजेको मापनअनुसार कर्णालीमा जलसतह तह घट्दै गएको छ । कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ५७ मा झरेको छ । कर्णालीमा बाढीको तह १० मिटर पुग्नुलाई चेतावनी, १० दशमलव ८ पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ ।

सुदूरपश्चिममा बाढी तथा पहिरोका कारण हुनसक्ने सम्भावित विपद्को समयमा उद्धारका लागि प्रदेशका सबै प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा कार्यरत ११ सय प्रहरी तैनाथ गरिएको छ ।

कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको उनको भनाइ छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT