Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालरोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौँ । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

तरकारी लिनका लागि गएको रा १ ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका– ६ निगालपानी निवासी महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए ।

रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

Techie IT