Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एकको उद्धार

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एकको उद्धार


पोखरा । पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीया कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । पोखरामा हिजो साँझदेखि नै निरन्तर वर्षा भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर महानगरले नदी किनारमा बनाएका अवैध घर टहरा हटायाे

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान

कोकिनसहित काठमाडौँबाट एक विदेशी महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागूऔषध कोकिनसहित काठमाडौँ बाट एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसियाको जोहोर बस्ने

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौँ । देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ । सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार

निर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ: रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् ।

त्रिशूलीमा बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

चितवन । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९

सल्यान कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन

काठमाडौं ।कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका

Techie IT