Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालमनसुन भित्रिएयता ८३ जनाको मृत्यु, झन्डै ३ हजार परिवार विस्थापित

मनसुन भित्रिएयता ८३ जनाको मृत्यु, झन्डै ३ हजार परिवार विस्थापित


काठमाडाैँ । मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा परेर २५ जना बालबालिकाको ज्यान गएको छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर आजसम्म २५ जना बालकालिकाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै १९ जना बालबालिका घाइते भएका छन् ।

अहिलेसम्म विपद्का घटनामा ८३ जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । बाढी र पहिरोमा परेर ५ जना हराइरहेका छन् । बाढी र पहिरोमा परेर १ सय ६ जना घाइते भएका छन् । गएको जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो ।

यसैगरी बाढी र पहिरोमा परेर ३ सय ८४ पशुचौपाया मरेका छन् । विपद्‍मा १ सय ३९ घर र ५४ वटा गोठमा क्षति पुगेको प्रहरीको तथ्याङ्क छ । वर्षाका कारण आएको बाढीले एउटा विद्यालय र दुइटा सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै १ सय ६१ घर डुबानमा परेका र १ सय १६ रोपनी जग्गा पुरिएका प्रहरीले जनाएको छ ।

बाढी, पहिरो र डुबानका कारण २ हजार ९ सय ५४ परिवार विस्थापित भएका छन् । उनीहरू आफन्त तथा सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन् । अहिलेसम्म मनसुनी विपद्‍बाट १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

यसैबीच कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । महाशाखाले यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज कोशीको सहायक नदी तमोरका साथै कमला नदी र भोलि कन्काई नदीले सतर्कता तह पार गर्ने पूर्वानुमान छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT