गृहपृष्ठ ∕
नेपाल ∕
पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धानका निम्ति खटियो सीआईबी टोली पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धानका निम्ति खटियो सीआईबी टोली
काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । गएको आइतबार राति सर्लाहीस्थित घरमा रायको हत्या गरिएको थियो ।
उनी सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा बस्दै आएका थिए । धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको थियो । अनुसन्धानका निम्ति प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । उनको हत्या गर्न प्रयोग गरिएको हतियार भने सोमबार साँझ प्रहरीले फेला पारेको छ ।
तर, हत्याराबारे जिल्ला प्रहरी सुराकविहीन बनेपछि अनुसन्धान गर्न सीआईबीको टोली खटिएको हो । मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले अनुसन्धानका लागि सीआईबीको टोली सर्लाही पुगेको जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो