Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल


काठमाडौँ । द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा खत्री विश्व टपरको दर्जामा पर्न सफल भएकी छिन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी खत्रीले ‘ट्याक्सेसन’ विषयको परीक्षामा विश्वस्तरिय नतिजा ल्याएकी हुन् ।

गत जुन महिनामा सम्पन्न ट्याक्सेसन विषयको परीक्षामा ९४ प्रतिशत अंकसहित खत्री विश्वकै शीर्ष तीनमा पर्न सफल भएकी हुन् । ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरुले निरन्तर रुपमा विश्वस्तरिय नतिजाहरु ल्याइरहेका छन् । यसअघि सन् २०२३ को जुन महिनामा भएको ट्याक्सेसन विषयको परिक्षामा दिपांशु थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हाँसिल गरेका थिए भने ९७ प्रतिशत अंक ल्याएर हर्षवर्धन शाह तेस्रो भएका थिए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हाँसिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।

विश्वस्तरिय नतिजा प्राप्त गरेपछि खुसी व्यक्त गर्दै खत्रीले शिक्षकहरु तथा कलेजमा आबद्ध सम्पूर्णलाई धन्यवाद दिनुभयो । आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै खत्रीले भन्नुभयो, ‘पछिल्लो समय विश्व बजारमा फिट हुनको लागि लचिलो विषयमा योग्यता चाहिन्छ । त्यसमध्येको एक एसीसीए शैक्षिक कार्यक्रम हो । नेपालको सन्दर्भमा ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए शैक्षिक कार्यक्रम उत्कृष्ट छ । राम्रो नतिजाको कारण ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय रिवार्डहरु समेत पाएको छ । म यस कलेजमा सन् २०२३ को जुलाईमा भर्ना भएको हुँ । यस कलेजले विश्वस्तरिय सुविधाहरु प्रदान गर्नुको साथै यहाँका शिक्षकहरु पनि प्रतिष्ठित हुनुहुन्छ । त्यसैले इच्छुक विद्यार्थीहरुलाई पनि ब्रिटिस कलेज छनौट गर्नको लागि आग्रह गर्दछु ।’

एसीसीए शैक्षिक कार्यक्रमको सिनियर प्रोग्राम म्यानेज दीपेन्द्र के. श्रेष्ठले भन्नुभयो, ‘ब्रिटिस कलेजले प्रदान गरिरहेको एसीसीए कार्यक्रम चर्चा नेपालमा राम्रो चर्चा छ । लामो समयको अनुभवको कारण हामीले हाम्रा विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्न सकेका छौं । साथै, विद्यार्थीहरुलाई व्यवहारिक रुपमा पनि सबल बनाउनको लागि हाम्रो टिम सफल भएको छ ।’

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो ।

निरन्तर विश्वस्तरिय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो । त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि समेत हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT