Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालअबको केही दिन दिउँसो घाम र राति पानी पर्ने

अबको केही दिन दिउँसो घाम र राति पानी पर्ने


काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन थालेको छ । गएराति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने बिहानैदेखि चर्को घाम लागेको छ ।

काठमाडौँ सहित देशका धेरै ठाउँको मौसमको अवस्था अहिले यस्तै रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । उनकाअनुसार मनसुन कम सक्रिय भएको बेला दिउँसो घाम लाग्ने र राति पानी पर्ने हुन्छ ।

अबको केही दिन मौसम यस्तै रहने र त्यसपछि मनसुन थप सक्रिय भएर देशका धेरै ठाउँमा दिउँसोसमेत पानी पर्ने सम्भावना रहेको उनले बताए । केही दिनदेखि मनसुन कम सक्रिय हुँदा दिउँसो केही ठाउँमा मात्रै पानी पर्ने गरेको छ । तर मनसुन थप सक्रिय भएपछि दिउँसो र रातिसमेत देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताए ।

आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT