Techie IT
२०८२ साउन ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्वास्थ्य बिमाको दायरा ५ लाख रुपैयाँ पुर्‍याउने स्वास्थ्यमन्त्रीको घोषणा

स्वास्थ्य बिमाको दायरा ५ लाख रुपैयाँ पुर्‍याउने स्वास्थ्यमन्त्रीको घोषणा


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन् ।

उनले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अहिले एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् ।

स्वास्थ्यका कार्यक्रम एकीकृत गरेर स्वास्थ्य बिमामा सुधार ल्याउन रकमको दायरा बढाइने मन्त्री पौडेलको भनाइ छ । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बिमामा जोड्ने योजना रहेको उनले बताए । बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उनको भनाइ छ ।

मन्त्री पौडेलले सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने पनि बताएका छन् ।

त्यस्तै, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क हुने, वार्षिक रूपमा एक पटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना उनले ल्याएका छन् । उनले एक सय बेड भन्दामाथिका सरकारी अस्पतालहरुमा नर्सिङ र तीन सय बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने निर्णय कार्यान्वयन गरिने पनि बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT