Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते


सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मृतकहरुमा गोलञ्जोर गाउँपालिका–६, नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदयबहादुर मस्राङ्गी, र ३५ वर्षीय पवन मस्राङ्गी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिए ।

बिहीबार बिहान सवा ९ बजेतिर, कमलामाई नगरपालिका–२, चियाबारी नजिक बीपी राजमार्गमा, गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । जसमध्ये जिप चालक, गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राई हायुको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरु धुलिखेल अस्पताल पठाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT