Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालशिक्षामन्त्रीलाई पूर्वशिक्षाको प्रश्नः त्रिवि पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने ?

शिक्षामन्त्रीलाई पूर्वशिक्षाको प्रश्नः त्रिवि पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने ?


काठमाडौँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्री विद्या भट्टराईमाथि उच्च मनोबलका साथ त्रिवि पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने भन्दै प्रश्न गरेका छन् ।

शिक्षामन्त्री भट्टराईले त्रिविका पदाधिकारीहरूलाई असुरक्षा भएको भन्दै आज गृहमन्त्रीसँग सुरक्षाको व्यवस्था गर्न माग गरेपछि श्रेष्ठले प्रश्न उठाएका हुन् ।

उनले विश्वविद्यालयलाई खाने भाँडो र कार्यकर्ता पाल्ने भाँडो बनाइएको पनि बताए । ‘त्रिविमा पनि दुई तिहाइ सरकार छ– एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ। अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाइको बहुमतले सरकार बनाएका ठूला दलका आशीर्वाद, त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउनेमाथि घातक प्रहार गर्ने, राजनीतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो, सबै गर्ने औजार हो राजनीतिक भातृ संगठन ।’

उनले पछिल्लो समय किन गुण्डाहरूको मनोबल बढेको भन्दै प्रश्न गरिन्। ‘शिक्षामन्त्रीको सुरक्षाको माग छ, जनतासँग–बहस चलोस् भनेर रे, शिक्षामन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोबलका साथ पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने ? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, आपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने ? अब के जनताले राजनीतिक प्रश्रय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो ? वास्तवमा, काम गर्‍यो भने सकिन्छ, अहिलेको दुई तिहाइको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी ? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नुपर्ने हो ?’

उनले यसै विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT