Techie IT
२०८१ भदौ २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ: राष्ट्रपति पौडेल

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ: राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन्।

जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए । उनले संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर सन्देश छन्, जसबाट अहिले पनि मानव जगत् आल्हादिन भइरहेको छ भने ।

“संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ”, राष्ट्रपति पौडेलले भने । शुक्लयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उनले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपोभूमि नेपाल हो भने ।

विसं २००४ मा बोल्न, लेख्न र सङ्गठन गर्न नपाउने जनविरोधी एक तन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रले काठमाडौँमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, “जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम् आन्दोलनको ठूलो योगदान छ ।”

संस्कृतमा वसुधैव कुटुम्बकम् भनेर विश्वन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्वमानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानवमात्रको सुख तथा समृद्धिको संकल्प गरिएको पाइन्छ भन्दै राष्ट्रपति पौडेलले यी उदात्त भावना र विचारलाई हामीले मनन् र प्रयोग गर्न सक्नुपर्छ भने ।

जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल तथा विद्यालयको संरक्षण र विकास कार्य गर्नु खुशीको विषय भएको उनको भनाइ थियो । सबै भाषाभाषीले सबै भाषाभाषीलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण तथा समुत्थान सम्भव हुने राष्ट्रपति पौडेलले विचार व्यक्त गरे।

“कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीले सबै भाषाभाषीलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण तथा समुत्थान सम्भव छ”, उनले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राध्यापक नीलमणि ढुङ्गानालाई जयतु संस्कृतम् पुरस्कार प्रदान गरे । साथै राष्ट्रपति पौडेलले प्रा डा ऋषिराम पोखरेल, प्रा डा दीर्घराज घिमिरे, प्रा डा रामचन्द्र गौतम, प्रा गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरेका थिए ।

कार्यक्रममा जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले संस्कृत भाषाको प्रवर्दनमा गरिएका कामका बारेमा जानकारी गराएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सशस्त्र प्रहरीसम्बन्धी विधेयक अर्थ मन्त्रालय पठाइयो

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय-परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। विधेयकमाथि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षको

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ: प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका छन्

प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

काठमाडौँ । यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन्

आज हरितालिका तीज

काठमाडौँ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ

Techie IT