Techie IT
२०८१ भदौ २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालरामेछापमा पहिरोले दुई जनाको मृत्यु, आठ बेपत्ता

रामेछापमा पहिरोले दुई जनाको मृत्यु, आठ बेपत्ता


काठमाडौँ । रामेछापमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । पहिरोमा आठ जना बेपत्ता भएका छन् ।

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

गएराति अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खस्दा लेकखर्कका ४ घर बगाएको हो । पहिरोमा हराएका ११ जनामध्ये दुई जनाको शव भेटिएको । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने ८ जना अझै बेपत्ता छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको दोरम्बा सैलुङ गाउँपालिका–३ का वडा सदस्य तुल प्रसाद कँडेलले जानकारी दिए ।

पहिरोमा परेर ३२ वर्षीया चण्डिका थापा मगर र उनका अन्दाजी दुई वर्षका छोरा आमुस मगरको मृत्यु भएको छ भने चण्डिकासँगै त्यस घरमा रहेकी अञ्जना पहरीको जीवितै उद्धार गरिएको हो ।

यस्तै पहिरोमा बेपत्ता हुनेमा ९० वर्षीया पुड्की पहरी, ४५ वर्षीया उर्मिला पहरी, १५ वर्षीय सन्तोष पहरी, १६ वर्षीय विज्ञान पहरी, १५ वर्षीय सन्दीप पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षीया झ्याउँकिरी पहरी र २० वर्षीया विनीता पहरी पनि बेपत्ता भएका छन् ।

यस्तै पहिरोमा पुरिएर गोमा पहरीको घरमा रहेका ३ वटा भैँसी र १० वटा बाख्रा, उर्मिला पहरीको एउटा भैँसी, तीनवटा गाई र १८ वटा बाख्रा तथा कर्णबहादुर पहरीको एउटा बाख्रा पनि बेपत्ता भएका छन् ।

पहिरोले चारवटा घर बगाएको छ भने पुरै बस्ती जोखिममा परेको छ । यस्तै अविरल वर्षाका कारण आएको बाढीले दोरम्बा सैलुङ गाउँपालिकाको तीन वटा पक्की पुल बगाएको स्थानीयले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी

ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका

कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

गोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६

वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन्

पशुपति कोटिहोममा २० करोड १५ लाख नगद र द्रव्य संकलन

काठमाडौँ । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ । कोटीहोम सकिएको

ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना…

काठमाडौँ । ललितपुरको सानेपास्थित चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । अवैध

गेस्टहाउसमा महिलाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँमा बलात्कारमा आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीको

Techie IT