Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालविमानस्थलबाट करिब ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ

विमानस्थलबाट करिब ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जर्मन नागरिक पक्राउ परेका छन्। करिब ७ किलो चरेससहित उनी पक्राउ परेका हुन्।

सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो। उनले बोकेको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरिएको प्रहरी स्रोतले बतायो।

प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा बरामद भएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर महानगरले नदी किनारमा बनाएका अवैध घर टहरा हटायाे

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान

कोकिनसहित काठमाडौँबाट एक विदेशी महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागूऔषध कोकिनसहित काठमाडौँ बाट एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसियाको जोहोर बस्ने

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौँ । देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ । सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार

निर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ: रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् ।

त्रिशूलीमा बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

चितवन । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९

सल्यान कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन

काठमाडौं ।कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका

Techie IT