गृहपृष्ठ ∕ नेपाल ∕ नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा कर्मचारीको हत्यानेपाल आयल निगमको महेन्द्रनगर डिपोमा कर्मचारीको हत्या नेपालीपत्र शुक्रबार, २०८१ भदौ १४ गते, १५:४३ मा प्रकाशित नेपाल काठमाडौँ । नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित निगमको डिपोमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको हो ।डिपोको पाइपलाइन शाखामा कार्यरत ज्यालादारी कर्मचारी बर्माको आज बिहान साढे १० बजे हत्या भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।राकेशको हत्या गरेको आरोपमा डिपोकै कर्मचारी धनुषाको धनुषाधाम नगरपालिका–४ का ३५ वर्षीय प्रकाश यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।आज बिहान कार्यालयमै राकेश र प्रकाशबीच विवाद भएको र त्यही क्रममा प्रकाशले बेल्चाले राकेशको टाउकोमा प्रहार गर्दा राकेशको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । #नेपाल आयल निगम #हत्याग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशनकाठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगितकाठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्ने ईसीमोडको अनुमानकाठमाडाैँ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णयकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रहकाठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेरधेरै पढिएका खबर १ शङ्कर पोखरेल बेलायतमा २ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ३ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ४ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ५ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ६ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ७ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिनेThe Film Nepal