एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार शुरु भएको बैठकमा आज पोलिटब्युरो सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् । प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ ।
मंगलबार बसेको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले पेस गर्नुभएको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजनामाथि आज सदस्यहरुले धारणा राख्नेछन् । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।
एमालेले संगठित सदस्यको संख्या १० लाख पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ । हिजोको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालमा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताए । उनले निर्वाचनमा एक्लै लडेपनि नतिजाका आधारमा सरकार बनाउन तालमेल भने गर्न सकिने उल्लेख गरे ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि
काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास