Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै


काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी, हिन्दू धर्मावलम्बी महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन् ।

यस दिन महिलाले बिहानै नदी, खोला, ताल, तथा पोखरीमा तीन सय ६५ वटा गनेको दत्तिउनले दाँत माझ्दछन् भने गाईको गोबर, माटो र खरानी लगाएर नुहाउँछन् ।

रजस्वला भएका बेला महिलाले त्रुटिवश छाइछुई भएको भए ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेमा त्यसबाट मुक्ति प्राप्त हुने धार्मिकग्रन्थमा उल्लेख गरिएको बताइन्छ ।

महिलालाई रजस्वलाको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने विश्वास रहेको छ ।

यसर्थ आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानीको प्रयोग गरी नुहाएर पञ्चगव्य सेवन गर्नाले छाइछुईको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।

आजको दिन बिहान नुहाएपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित सात ऋषिको पूजा गरिन्छ । सात ऋषिको पूजा गरिने भएकाले आजको दिनलाई ऋषिपञ्चमी भनिन्छ ।

ऋषिपञ्चमीको पूजा गरेपछि नरोपीकन उम्रिएका अन्न, कन्दमूल, कर्कलो आदि खाएर व्रत लिइन्छ । आज ऋषेश्वर मन्दिरलगायतका मन्दिरहरुमा महिलाले ऋषिपञ्चमीको पूजा गर्ने गर्दछन् भने नदी किनार वा घरमै पनि पूजा लगाउने गर्दछन् । आज ऋषिपञ्चमीको पूजा सकिएपछि दर खाएर शुरु भएको तीज पर्व समापन भएको मानिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT