Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदै

बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइँदै


काठमाडौँ । नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना तथा पुनःस्थापनाका लागि उनले कोइराला निकै संघर्ष गरेका थिए ।

राणा शासनको समयमा कोइराला आफ्ना बुबा कृष्णप्रसाद कोइराला र परिवारसहित भारत निर्वासनमा बस्नु परेको थियो । त्यसबेला बिपीले पनि भारतको स्वतन्त्रताको लडाइँमा भाग लिएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा पनि प्रजातन्त्र स्थापनाका गर्न सहज हुने भन्दै त्यहाँको आन्दोलनमा सक्रिय भएका थिए ।

विसं २००३ मा भारत निर्वासनका क्रममा जहानियाँ राणा शासन अन्त्य गर्न कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भयो । २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको हो ।

२००७ सालमा क्रान्ति ल्याउन सफल भएपछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बने ।

कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापना गर्न नेतृत्व प्रदान गर्नुका साथै प्रधानमन्त्री हुँदा भूमिसुधार कार्यक्रम लागू गराउनु भएको थियो ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार हटाएर कोइरालालगायतका नेताहरुलाई सिंहदरबारमा बन्दी बनाइयो । यसको एक महिनापछि नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।

विसं २०२५ मा जेल मुक्त भएपछि कोइरालाले भारतमा आठ वर्षसम्म निर्वासित जीवन बिताउनु भएको थियो । पछि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर उनी स्वदेश फर्किएका हुन् । विसं २०३९ साउन ६ गते बिपी कोइरालाको क्यान्सर रोगका कारण निधन भएको थियो ।

साहित्यमा पनि बिपी कोइरालाले महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रुपमा चिनने कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT