गृहपृष्ठ ∕
नेपाल ∕
इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

प्रतीकात्मक तस्बिर
काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका–१० घर भई हाल महालक्ष्मी–५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका–८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका–९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाललाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनले भने नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र १०ं२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा निजहरुलाई पक्राउ गरेको हो ।
अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका निजहरुलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा