Techie IT
२०८२ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध

ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध


काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्ट (यूएनजीसी)मा आबद्ध भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू अगाडि बढाउन अग्रसर ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेज यूएनजीसीमा आबद्ध भएको हो ।

यूएनजीसी विश्वकै सबैभन्दा ठूलो स्वैच्छिक कर्पोरेट सस्टेनेबिलिटी पहल हो । यसले मानव अधिकार, श्रमिकको हकहित, वातावरण, भ्रष्टाचार विरोधी लगायत दश वटा विश्वव्यापी सिद्धान्तहरुसँग सम्बन्धित रहेर काम गर्दै आइरहेको छ । १७ हजार भन्दा व्यवसायीक संस्था र ४ हजार भन्दा बढी गैर–व्यवसायिक संस्था सहभागी रहेको विश्वव्यापी नेटवर्कमा ब्रिटिस कलेज पनि समावेश भएको हो । प्रतिष्ठित नेटवर्कमा सामेल भएको ब्रिटिस कलेज पनि दिगो विकासका अभ्यासहरू अगाडि बढाउन उद्यत रहेको छ ।

यस आबद्धतासँगै ब्रिटिस कलेजले यूएनजीसीका सिद्धान्तहरू आफ्ना शैक्षिक कार्यक्रमहरू, अनुसन्धान, र सामुदायिक कार्यहरुमा समावेश गर्नेछ । त्यसोत, टीबीसीले आफ्नो पाठ्यक्रम तथा परियोजनाहरु जस्तै, ‘बीबीए इनोभेट फर इम्प्याक्ट’मार्फत हरित उद्यमशीलता र सामाजिक उद्यम व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ । यस कार्यक्रम पनि यूएनजीसीको प्रयाससँग मेल खान्छ ।

‘हामी यूएनजीसी ग्लोबल कम्प्याक्टमा समावेश हुन पाएकोमा उत्साहित छौं,’ ब्रिटिस कलेजको हेड अफ सस्टेनेबिलिटी प्रमुख सुनिता बस्नेतले भन्नुभयो, ‘यस अबद्धताले हाम्रो दिगोपन प्रतिको प्रतिबद्धतालाई बलियो मात्र बनाउँदैन, यसले विश्वभरका समान सोच भएका संस्थाहरूको साथ सहकार्य गर्नका लागि प्लेटफर्म पनि प्रदान गर्नेछ । साथै, हामी अर्थपूर्ण दीर्घकालिन परिवर्तनको लागि भविष्यमा योगदान पुर्याउन सक्छौं ।’

यूएनजीसीसँगको आबद्धतासँगै ब्रिटिस कलेजले विश्वमा दीर्घकालीन प्रभाव पार्ने सामूहिक प्रयासहरूमा योगदान पुर्याउने अपेक्षा गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT