Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत सिफारिस

प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत सिफारिस


काठमाडाैँ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । हिजो बेलुका बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद्ले सर्वोच्चमा तीन वर्षभन्दा धेरै अनुभव भएका आठ जनाको नाम परिषद्मा पठाएको थियो । तीमध्येबाट राउतको नाम सिफारिस भएको प्रतिनिधिसभाका उपसभामुख एवम् परिषद् सदस्य इन्दिरा रानामगरले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आउँदो असोज १८ गते अवकाशमा जाँदैछन् । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिनेछ ।

संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ । न्यायपरिषद्ले राउतसँगै सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरि फुयाल, डा.मनोजकुमार शर्मा, डा.कुमार चुडाल र डा.नहकुल सुवेदीको नाम पठाएको थियो ।

सर्वोच्चको वरिष्ठतम् न्यायाधीशका रूपमा उनको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको हो । उदयपुरमा २०१७ साल चैत १८ मा जन्मिएका राउत संसदीय सुनुवाइबाट अनुमोदित भएमा झण्डै १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT