Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालबसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा

बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा


काठमाडौँ । इन्द्रजात्रा विशेष कार्यक्रममा सहभागी एक हुल युवायुवतीलाई प्रहरीले समारोहस्थलबाट नियन्त्रणमा लिएको छ । काठमाडौँको वसन्तपुरमा आयोजित इन्द्रजात्रा विशेष समारोहमा काठमाडौँ महानगरपालिकाका मेयर बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर गएका युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर गएकै कारण उनिहरुलाई समारोहस्थलबाट निकालिएको हो । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी वृत्त जनसेवामा राखेको छ। जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने आज पहिलो दिन देशका प्रमुखहरूको उपस्थिति रहने हुनाले बसन्तपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। समारोहको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ । समारोहमा राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने भए पनि अघिल्लो दुई बर्षदेखि मुख्य आकर्षण बालेन रहदै आएका छन् । कार्यक्रममा उपस्थित भिडले यस अघिका बर्षमा पनि बालेनको समर्थनमा जयजयकार गरेका थिए ।

यस बर्ष पनि समारोह सुरू हुनु अगाडि नै बसन्तपुरमा बालेनका समर्थकको चहलपहल बढिरहेको छ । प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बालेनको नामको टिसर्ट लगाएका युवायुवतीहरूको झुण्डलाई प्रहरीले समारोहस्थलवाट हटाएर नियन्त्रणमा राखेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT