Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालभक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा

भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा


काठमाडाैँ । भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । थिमिमा हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा हुन्छ । आजको जात्रामा मध्यपुर थिमि–४ का बासिन्दा विरेन्द्रभक्त श्रेष्ठले तेश्रो पटक जिब्रो छेडाउँदै छन् ।

यसभन्दा अघि उनले २०७४ र २०७९ सालमा जिब्रो छेडाउनु भएको थियो । आज बेलकी साढे ७ बजे वडा नम्बर–५ दिगुटोलको डबलीमा जिब्रो छेडाएपछि श्रेष्ठले काठमाण्डौको पशुपतिनाथको दर्शन गर्ने तयारी छ ।

जिब्रो छेडाउने व्यक्तिले झण्डै २५ किलोको महाद्धिप बोकेर खाली खुट्टा थिमिका विभिन्न मन्दिरको दर्शन गरेपछि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । यसरी पशुपतिनाथको दर्शन गरेपछि महाद्धिपसहित थिमिमा फर्केपछि जिब्रोमा छेडिएको १० इन्च लामो त्रिशुल आकारको सियो निकालिन्छ ।

जात्राको समापन बालकुमारी परिसरमा गरिन्छ । यसरी जात्रा गर्नाले मध्यपुर थिमि क्षेत्रमा भुतप्रेतले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने विश्वास छ । मध्यपुर थिमिमा हरेक वर्ष आजका दिन र वैशाख दुई गते गरेर दुई पटक जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT