Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो

ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो


काठमाडौँ । ओमानको मस्कटस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा एक कार्यक्रमको गरेको छ । इन्टरकन्टिनेन्टल मस्कट होटेलमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा ओमान सरकारका अर्थव्यवस्था मन्त्री डा. साइद बिन मोहमद बिन आहमद अल सक्री सहभागी भएका थिए ।

कार्यक्रममा ओमानको स्टेट काउन्सिल र शुरा काउन्सिलबाट दुईदुईजना तथा परराष्ट्र मन्त्रालयका एसिया–प्यासिफिक विभाग र अरब विभागका प्रमुखहरूको सहभागिता थियो ।

कार्यक्रममा कूटनीतिक नियोगका प्रमुख एवं कूटनीतिज्ञ, सञ्चारकर्मी, पर्यटन तथा उद्योग व्यवसायी, नेपाली समुदायका प्रतिनिधि, राजदूतावासका कर्मचारीसहित २३० भन्दा बढीको सहभागिता रहेको थियो ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले अतिथिहरूलाई स्वागत गर्दै संविधानका मुख्य विशेषतामाथि प्रकाश पारेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

“नेपालको संविधानले शान्ति, स्थायित्व, आर्थिक एवम् सामाजिक विकासका लागि मार्ग प्रशस्त गर्नुका साथै समावेशी लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गरी राज्यका हरेक अंगमा अनिवार्य ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेको छ,” राजदूत अर्यालले भने ।

राजदूत अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र ओमानबीच सौहार्दता, मित्रता र आपसी विश्वासमा आधारित उत्कृष्ट सम्बन्ध रहेको बताए । सम्बोधनका क्रममा उनले दुई देशबीच यसवर्ष भएका महत्वपूर्ण औपचारिक भ्रमणहरूको बारेमा पनि जानकारी गराएका थिए ।

राजदूत अर्यालले नेपालमा रहेको जलविद्युत् सम्भाव्यता, लगानीको सम्भावना, पर्यटकीय आकर्षणलगायत नेपाल सरकारले अवलम्बन गरेको उदारवादी नीतिमाथि जोड दिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT