Techie IT
२०८१ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्री ओली असोज ४ मा अमेरिका जाने

प्रधानमन्त्री ओली असोज ४ मा अमेरिका जाने


काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभामा यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरो एलडिसीको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते र असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कञ्चनपुरमा दिवा खाजा कार्यक्रम: विद्यालय छाड्ने विद्यार्थीको सङख्या शून्य

कञ्चनपुर । दिवा खाजा कार्यक्रमका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटाको बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन

मनकामना केबलकार तीन दिन बन्द गरिने

चितवन । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल

ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागु औषधसहित

वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने

काठमाडौं । आज सोमबार साँझदेखि वीपी राजमार्गमा रुट अनुमति लिएका सबै सवारी साधनहरु चल्ने भएका छन् । सडक डिभिजन, भक्तपुरले

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

काठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक

Techie IT