Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालदशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाडाैँ ल्याउने तयारी

दशैँको घटस्थापना अघि मेलम्चीको पानी काठमाडाैँ ल्याउने तयारी


काठमाडाैँ । काठमाडाैँका बासिन्दाले दशैँको घटस्थापना अघि मेलम्चीको पानी पाउने भएका छन् । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले दिएकाे निर्देशनअनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ ।

काठमाडाैँमा जतिसक्दो चाँडो मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए । अहिले काठमाडाैँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत गर्ने काम भइरहेको छ ।

वर्खायाम शुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडाैँ उपत्यकामा गएको असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाण्डौमा पानी वितरण गर्ने योजनाअनुसार तयारी भइरहेको छ ।

काठमाडाैँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गएको असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक २० करोड लिटर पानी ल्याउन लागिएको छ ।

काठमाडाैँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको ठाउँबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा सार्ने तयारी छ । मेलम्ची खानेपानीका लागि काठमाडाैँ उपत्यकामा एक हजार ७ सय किलो मिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि

रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्यु

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल

Techie IT