Techie IT
२०८१ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालनगरकोटमा ७ जना सवार कार दुर्घटना

नगरकोटमा ७ जना सवार कार दुर्घटना


काठमाडौँ । भक्तपुरमा कार दुर्घटना हुँदा सात जना घाइते भएका छन् । शनिबार साँझ नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ आइरहेको बा.१८च. २५११ नम्बरको कार दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ ।

झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कार दुर्घटना हुँदा तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

काठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक

आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

काठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने

आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार

नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ता

चितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग

धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धार

काठमाडौँ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको

निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका छन्

Techie IT