Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरिकोडद्वारा देवीचौरको देउरालीमा लैङ्गिक समानतासम्बन्धी र्‍याली र अनुशिक्षण

रिकोडद्वारा देवीचौरको देउरालीमा लैङ्गिक समानतासम्बन्धी र्‍याली र अनुशिक्षण


ललितपुर। गोदावरी नगरपालिका– ७ देवीचौरको देउरालीमा लैङ्गिक समानताबारे रिकोडले र्‍याली प्रदर्शन गर्नुका साथै अनुशिक्षणसमेत गरेको छ। ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजनामा स्थानीय महिला र स्वास्थ्य स्वयम्सेविकाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अधिवक्ता आर्जु कार्कीले लैङ्गिक समानता र लिङ्गभेदका बारेमा कानुनद्वारा गरिएका व्यवस्थाका साथै व्यवहारिक पक्षका बारेमा अनुशिक्षण गरेकी हुन्।

उनले जुनसुकै लिङ्गको व्यक्तिलाई पनि आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार रहेको बताउँदै संविधान र ऐन कानुनले महिलालाई अग्राधिकार दिएको बताइन्।

‘महिलाको अवस्थालाई मध्यनजर गरी अग्राधिकार दिइएको छ। तर, समानता भन्ने मुलमन्त्रलाई हामीले बिर्सनु हुँदैन। तसर्थ जन्मले कोही सानोठूलो वा उचनिच हुँदैन। सबै समान हुन्छन्,’ अधिवक्ता कार्कीले भनिन्।

लैङ्गिक समनताले मात्रै मुलुकको विकास हुने हुँदा लिङ्गका आधारमा कुनै पनि विभेद स्वीकार्य नहुनेमा उनको जोड रहेको छ।

रिकोडले देवीचौरमा सन् २०२२ को अप्रिलदेखि खाद्य सुरक्षा तथा पोषण सुधार परियोजना लागु गरेको छ। सो परियोजनमार्फत महिला शसक्तिकरण र पोषण सुधारका क्षेत्रमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन्।

कार्यक्रममा तिमल्सिनाले समाज परिवर्तनका लागि सबै पक्ष सक्षम हुन जरुरी रहेको बताइन्। उनले लिङ्गका आधारमा गरिने विभेद कानुनद्वारा दण्डनीय भएकाले यस्ता सबैखाले विभेदको जरा पत्ता लगाएर निर्मुल पार्न समाजका सबै पक्ष क्रियाशील हुनु पर्ने बताइन्। स्थानीय तहले पनि लैङ्गिक हिंसा न्युनिकरणका लागि आवश्यक नीतिहरू ल्याउनु पर्नेमा तिमल्सिनाले जोड दिइन्।

१ सय जनाको सहभागितामा सञ्चालित कार्यक्रम हुनु पूर्व देउरालीको दुधेश्वरी आधारभूत विद्यालयदेखि विभिन्न प्लेकार्डमा लैङ्गिक समानताका बारेमा लेखिएका सन्देशसहित निकालिएको र्‍याली दुधेश्वरी मन्दिर, भ्यू टावर पुगेर अनुशिक्षणमा परिणत गरिएको थियो।

रिकोडकी प्रतिनिधि तिमल्सिनाका अनुसार आमा समूहमा आबद्ध महिलाका लागि पोषण सत्र, सासू आमाहरूका लागि पोषणसम्बन्धी अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेशाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालनमा छन्।

कार्यक्रममा सहभागी स्थानीय धनमाया तामाङले महिला अधिकारका लागि सङ्घसंस्थाले बाटो देखाएपनि अधिकारको कार्यान्वयन सरकारले नै गर्नु पर्ने बताइन्।

स्वयम्सेविकाले अधिकारको उपयोग गर्नका लागि आफ्नो तर्फबाट कर्तव्य पालना गर्नै पर्ने बताइन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT