गृहपृष्ठ ∕
नेपाल ∕
मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीकाे घरमै पुगेर अनुरोध गर्छु: मन्त्री यादव मेलम्ची खानेपानीको अवरोध खुलाउन स्थानीयवासीकाे घरमै पुगेर अनुरोध गर्छु: मन्त्री यादव
काठमाडाैँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीय बासिन्दाको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन् ।
दक्षिणकालीका नागरिकलाई आफूले घरमा नै पुगेर बिन्ति बिसाएपछि ललितपुरको नख्खु क्षेत्रमा सहज रूपमा खानेपानी ल्याएको भन्दै मन्त्री यादवले मेलम्चीमा पनि स्थानीयवासीकाे घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका छन् । उनले मेलम्चीका स्थानीयवासीले चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए ।
मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको मन्त्री यादवले दाबी गर्नुभएको छ । देशमा असहज परिस्थिति रहेको भन्दै उनले अहिलेलाई परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे । उनले अहिले आन्दोलन गर्ने बेला नभई एकअर्कालाई सहयोग गर्ने समय रहेको बताए ।
खानेपानीमन्त्री यादवले बाढी पहिरोले खानेपानीमा मात्रै साढे ३ अर्ब रुपैयाँको क्षति पुर्याएको बताए । काठमाडाैँमा करोडौंका मेशिन डुबेको र बगाएको अवस्थामा रहेको भन्दै उनले सरकारले तत्कालका लागि काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडमार्फत चल्ने मेशिन मर्मत गर्ने, नयाँ मेशिन खरिद गरी काम गर्ने बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा