गृहपृष्ठ ∕
नेपाल ∕
दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ ।
निगमले हालैको बाढी पहिरोका कारण सडक अबरुद्ध भएका र काठमाडौंबाट बाहिर जाने आउने राजमार्गहरु कतिपय ठाउँमा अवरुद्ध भएका कारण वडा दशैंलाई लक्षित गरेर फूलपातीको दिन सो रुटमा उद्धार उडान गर्ने भएको हो ।
निगमका प्रवक्ता रमेश पौडेलद्वारा जारी बिज्ञप्तिमा यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएकोले स्थलमार्गबाट सर्वसाधारणलाई आफ्नो घर फर्किन कठिनाई भएको कुरालाई मध्ष्नजर गरेर निगमले उद्धार उडान गर्न लागेको उल्लेख छ । सम्मुखमा नै आएको नेपालीहरुको महान पर्व वडा दशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनेर वडादशैंको फुलपातीको दिन असोज २४ गते काठमाडौं–भैरहवा–काठमाडौं निगमको ए–३२० जहाजबाट उद्दार उडान गर्ने निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ । उद्धार उडानमा काठमाडौं– भैरहवाका लागि टिकटको मूल्य ७ हजार तय गरिएको छ । त्यसैगरी भैरहवा– काठमाडौंका लागि ३ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ ।
विषम परिस्थितिमा उद्दार उडानमा खटिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निर्देशन दिएका र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष पहल गरेका पनि पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यात्रुले टिकट निगमको कार्यालय वा निगमको वेवसाइटबाट मार्फत लिन सक्नेछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका
पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको
कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी
म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय
म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई
एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने