गृहपृष्ठ ∕ नेपाल ∕ हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्युहिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु नेपालीपत्र मंगलबार, २०८१ असोज २२ गते, १३:२९ मा प्रकाशित नेपाल | पर्यटन रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमाना स्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको सोमबार राति मृत्यु भएको छ ।रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो ।नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई मंगलबार बिहान हेलिकप्टर मार्फत त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको छ ।रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्ला स्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौं ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए ।थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदन पछि मात्र थाहा हुने बताए । #सोविन्का अग्निएस्ज्काग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमतिकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको सरकारी जागीरसँगै कालिज पालनबागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिज पालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्नकाठमाडौं । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज प्रधानमन्त्री ओली चीन भ्रमणमा जानेकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर तेस्रो साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ प्रधानमन्त्री ली कियाङले आगामी १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल…काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपतिकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामनाधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने २ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ ३ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ५ धनराज र ऋषिकेशमाथि अनुसन्धानमात्रै होइन, गल्ती भए दण्ड पनि हुन्छ: गगन थापा ६ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ७ तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदैThe Film Nepal